Kaski News (कास्की)Lekhnath News (लेखनाथ)Nepali News (नेपाली)

बेगनासतालमा पितृउध्दार तथा धार्मिक पर्यटनको विकासका लागि महायज्ञ हुने

बेगनासतालमा पितृउध्दार तथा धार्मिक पर्यटनको विकासका लागि महायज्ञ हुने

राजन परियार
लेखनाथ, ४ मंसिर ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा मंसिर २२देखि२९सम्म बेगनासताल किनारमा पितृउध्दार कार्यका लागि श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ गरिने भएको छ ।
महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मरमत सुधार , नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास , सनातन धर्म सस्कृतिको जगेर्ना गर्ने र बेगनासतालमा विभिन्न काल खण्डमा डुंगा दुर्घटना समेतमा परी दिवंगत भएका जनहरुको उद्धार समेत उद्धेश्य राखी विराट ज्ञानमहायज्ञ गर्न लागिएको
भागवत विराट ज्ञानमहायज्ञ मुल समारोह समितिका महानसचिव धुवनाथ अधिकारीले जानकारी दिए ।
महायज्ञ सन्चालनका लागि पूर्व जिल्ला न्यायधिस डिल्लिरमण तिवारीको अध्यक्षतामा १००८ सदस्यीय महयायज्ञ मूल समिति , १५ सदस्यीय कार्य सम्पादन समिति र प्रचार प्रसार समिति लगायत ४७ वटा उपसमितिहरु गठन गरिएको छ । महायज्ञमा २० लाख खर्च हुने र ५ करोड संकलन हुने अयोजकले अपेक्षा गरेको छ ।
भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले महायज्ञ सन्चालन गर्नुका मूख्य उद्धेश्येका वारेमा थप स्पष्ट पार्नुका साथै महायज्ञ समग्र लेखनाथको समृद्धिको लागि गरिने भएकाले महयज्ञ सफल पार्न सबैले आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, पण्डित परिचालन उपसमितिका संयोजक भोलामणी गौतम, मातृशक्ति परिचालन उपसमितिका संयोजक शान्ति खनाल, प्रचार प्रसार समितिका संयोजक मोती गिरी लगायतले महायज्ञ सम्बन्धि धारणा राखेका थिए ।
सञ्चार संयोजक भरत प्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव कृष्ण प्रसाद ढुंगानाले गरेका थिए भने कार्यक्रम मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: