Nepali News (नेपाली)

माछा महोत्सव सम्पन्न ,करिव ४० लाख आर्थिक कारोबार

करिब ५० हजारको हाराहारीमा दर्शक सहभागिता

माछा महोत्सव सम्पन्न ,करिव ४० लाख आर्थिक कारोबार

लेखनाथ, १ बैशाख

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेगनासताल किनारमा संचालन भएको माछा महोत्सव शनिबार एक समारोहकाबिच सम्पन्न भएको छ । महोत्सवमा करिब ५० हजारको हाराहारीमा दर्शक सहभागिता तथा ४० लाख बराबरको आर्थिक कारोबार भएको आयोजक होटल तथा रेस्टुरेन्ट एसोशियसन लेखनाथले जनाएको छ । यसैविच उक्त महोत्सवको समापन समाोहलाइ सम्बोधन गर्दै पोखरामहानगरपालिकाका मेयर मानबहाद७३घढसर जिसिले बेगनासतालमा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि सबै स्थानियवासी तथा व्यवसायि एक हुनुपर्ने बताएका थिए ।

उनले बेगनासतालमा अन्तराष्ट्रिय पार्क बनाउने योजना महानगरपािलकाले बनाइरहेको पनि बताए । मेयर जिसिले यस्तो बताएका हुन् । उनले लेखनाथमा भएका पर्यटकिय स्थलहरु पोखराको मात्र नभएर प्रदेशको समेत आर्थिक बृद्धि विकासका महत्वपूर्ण स्रोत भएको स्पष्ट पारे । उनले यहाँको पर्यटन विकासका लागि महानगरपािलकले जस्तोसुकै सहयोग गर्न तयार रहने प्रतिवद्धता व्यक्त गरे । उनले दर्शकका लागि सशुल्क प्रवेशको व्यवस्था र अन्य सुविधा सहित विदेशी दर्शकलाइ पनि आकर्षीत गर्न सुझाव दिए । बेगनासतालमा गएको चैत २९ गते देखि माछा महोत्सव संचालन गरिएको थियो । तीन दिनसम्म संचालन भएको उक्त महोत्सवको अन्तिम दिन कलाकारहरु शिवहरी ढुगाना, बरिष्ठ कार्यक्रम संचालक नेत्रपाणी वास्तोला, राजन गुरुङ, भरत क्षेत्री, माया गुरुङ, रामजी पौडेल, सपना सुनार, बिष्णु बराल, जीवन दाहाल लगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा आयोजना गरिएको पौडी प्रतियोगितामा दिपेन दुरा प्रथम भएका छन् भने डुंगा दौड प्रतियोगितामा महिला तर्फ बिना शार्की र पुरुष तर्फ चन्द्रकान्त वास्तोला प्रथम भएका थिए । महोत्सवको समापन समारोह आयोजक संस्था होटल तथा रेस्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीनाको अध्यक्षतामा भएको थियो । उक्त समारोहमा इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख तथा डिएसपि गोविन्द पुरी, पोखरा लेखनाथ महानगरपालिका कानुन अधिकृत राममणी अधिकारी, वडा नं ३१ क वडा सदस्य चक्र विक, बेगनास युवा क्लबका अध्यक्ष राम रानाभाट, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापा लगायतले बोलेका थिए ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: