Nepali News (नेपाली)

माछा महोत्सवको समापन आज

महोत्सवसमा करिव ११ सय किलो माछा बिक्री

माछा महोत्सवको समापन आज

बैशाख १, लेखनाथ

बेगनासतालको किनारमा जारी चौथो माछा महोत्सवको समापन आज हुदैछ। शुक्रबारअपरान्न आएको हावा हुरीले महोत्सवमा केही असुविधा पुगेपनि खानाका परिकारका स्टलमा भने दर्शकको उल्लेख्य संख्या थियो ।

शुक्रबारमांत्र करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकको दावी रहेको छ । महोत्सवसमा करिव ११ सय किलो माछा बिक्री भएको आयोजकले बताएका छन् ।

शुक्रबार गोपाल ढकाल छन्दे र सुनिता निरौला बिम्लीको बिशेष हाँस्य प्रहसनले दर्शकहरु उत्साहित भएका थिए । यसका अलावा कलाकारहरु राजन गुरुगं, तारापती सुवेदी , शिवहरी ढुंगाना, सविता गुरुगं, काजल गुरुङ्ग, आयुष परियार, कमला गैरे, मिठु झा लगायतका कलाकारको सांगितिक प्रस्तुती रहेको थियो ।

महोत्सवमा साँझ देखी शुरु भएको कन्सर्टमा आशिष राना लाहुरेको बिशेष प्रस्तुती रहेको थियो । तीन दिनसम्म चलेको महोत्सवको समापन समारोह आज २ः३० बजे देखी शुरु हुने आयोजकले जनाएको छ ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: