Nepal NewsNepali News (नेपाली)

साढे चार करोडमा अल्फान्जो रिसोर्ट संचालनमा

साढे चार करोडमा अल्फान्जो रिसोर्ट संचालनमा

पोखरा२४ असोज।

राजन परियार

पोखराको लेकसाइड खपौदीमा लाइभ म्युजिक सहित अल्फान्जो रिसोर्ट निर्माण सम्पन्न संचालनमा आएको छ । ५ रोपनीमा फैलिएको रिसोर्ट लगभग ४.५ करोडको लागतमा समपन्न भएको अल्फान्जो रिसोर्टका सञ्चालक सुबास भट्टराईले बताएका छन्।

रिसोर्टका निर्देशक नबराज भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रिबन काटी उद्घाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री तथा सभासद खगराज अधिकारीले रिसोर्टले पर्यटन ब्यबसायीले स्थानीय उत्पादनलाई महत्व दिनुपर्ने कुरा ब्यक्त गर्नु भयो।सोहि कार्यक्रममा पोखरा उद्ध्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष दामु अधिकारीले पर्यटन उद्ध्योगले देश विकासमा टेवा पुग्ने कुरालाई जोड दिनु भयो।

रिसोर्ट भित्रै लाईभ म्युजिक सहित रेष्टुरेण्ट रहेको, जापानी शैलीका घर तथा कटेजहरू सहित लजिंग फुडिङको व्यबस्था भएको रिसोर्टमा पर्यटकले स्विमिङको आनन्द लिन सक्ने गरी स्विमिङ पुल निर्माण गरिएको छ भने प्रत्येक १५ दिनमा इभेन्ट गर्ने भट्टराईले बताए।रिसोर्टले आन्तरिक र वाहृय पर्यटकलाई लक्षित गरिएको भट्टराईले बताए ।

 

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: