LekhnathNepal NewsNepali News (नेपाली)Sports

एन्फा स्याङ्जा रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको फाईनलमा

एन्फा स्याङ्जा रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको फाईनलमा

पोखरा, भदौ २६
जाउलाखेल युथ क्लव लाई पराजित गर्दै एन्फा स्याङ्जा रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको फाईनलमा प्रवेश गरेको छ । मंगलवार बिहान भएको अन्तिम सेमिफाईनल प्रतिस्पर्धामा एन्फा स्याङ्जाले १-० ले जाउलाखेल युथ क्लवलाई स्तव्ध बनाउदै फाईनलमा आयोजक संघ भेट पक्का गरेको छ।सोमवारको खेल वर्षात कारण स्थगित भएकोले मंगलबार बिहान ८ वजे भएको थियो। खेलको ३७ औं मिनेटमा स्याङ्जाका लक्ष्मण लुचाले गरेको गोल नै निर्णायक गोल बनेको थियो। खेलको म्यान अफ दि म्याच पनि लुचा नै वनेका थिए। उनले नगद रु ५ हजार प्राप्त गरे।

 

रिद्धी सिद्धि आदर्श कपको फाईनल खेल बुधबार १२ वजे आयोजक आदर्श युवा क्लव र एन्फा स्याङ्जा विच हुने आयोजकले वताएको छ।
आदर्श कप कास्कीकै सबैभन्दा पुरानो प्रतियोगिता हो । लामो समयपछि मैदान मर्मत गरेपछि पानीले प्रभावित बनाएको थियो । दर्शकलाई ओतलाग्ने हैरानी हुदाँ खेलाडीले सन्तुलन कायम राख्दै खेल खेल्न निकै कठिन भएको थियो । मैदान चिप्लो भएकोले पनि खेलाडीले क्षमता अनुसारको पस्किन भने सकेका थिएनन् । २०४४ सालबाट लेखनाथमा शुरु भएको आदर्श कप लाई यो पटक रिद्धी सिद्धि सिमेन्टले प्रायोजन गरेको छ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: