खेलकुदको विकासले मात्र देश समृद्धि तर्फ जान्छ: मन्त्री वि.क.

खेलकुदको विकासले मात्र देश समृद्धि तर्फ जान्छ: मन्त्री वि.क.
लेखनाथ, २० भदौ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धि तर्फ जानेका जोड दिएका छन् ।
बुधवार देखि लेखनाथ रङ्गशालामा सुरु भएको ऋद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले हामीले बनाउने भनेको समृद्धि नेपालको लक्ष्य प्राप्तीका लागि खेलकुदको विकासलाई पनि सगसगै लैजानु पर्ने धारणा राख्दै जुन देशमा खेलकुदको विकास भएको छ त्यो देश आर्थीक रुपमा पनि सक्षम भएको उदाहरण प्रस्तुत गरेका थिए।
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद र सवैका लागि खेलकुद भएको तर्क प्रस्तुत गर्दै मन्त्री विश्वकर्माले मानिस स्वथ्य रहेनका लागि सबै उमेर समुहलाई खेलकुद अनिबार्य भएकाले सरकार अव खेलकुदमा आमुल परिबर्तन हुने खालका योजनहरु लिएर अगाडी वढेको छ यसमा विशेष गरि युवा समुहको साथ र सहयोग चहिन्छ उनको सुझाव रहेको थियो ।
खेलको माध्यबाट देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन पनि सजिलो हुने भएकाले पोखरालाई खेलकुदको हवका रुपमा विकास गराउन सकिने सम्भावनाहरु रहेको र यस क्षेत्रको भौगोलिक र वातावरणीय दृष्टिकोणले पनि खेल पर्यटनको माध्यवबाट विकास गराउनु सकिन्छ मन्त्री विश्वकर्माको भनाई रहेको थियो ।
कार्यक्रममा प्रदेश सासंद दिपक कोईरालाले पोखरालाई खेलकुलको सिटी बनाउन सकिने सम्भावनाहरु रहेकाले लेखनाथ रङ्गशालाको स्तर उन्नती गरी क्षेत्रिय स्तरको रङ्गशाला बनाउने सोचमा हामीहरु छै जसले यस क्षेत्रको आर्थीक चलायमानमा सहयोग गर्छ उनको भनाई रहेको छ ।साथै उनले खेलकुदमा गरेको लगानी खेर नजाने भएकाले आर्थीक रुपमा पनि देशलाई समृद्धिको बाटो तर्फ लैजानमा सहयोग पुग्छ उनले भने ।
क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा ऋद्धिसिद्धी सिमेन्ट गण्डकी धौलागिरी प्रमुख पवनराज बराल,अम्बे सिमेन्टका मार्केटिङ प्रमुख जिवन न्यौपाने,एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ,क्लवका सस्थापक अध्यक्ष चेतवहादुर गुरुङ,नेकपा प्रतिनीधि दिलिप न्यौपाने र नेपाली काग्रेसका रामवावु भण्डारी लगाएतले खेलकुलको विकासका लागि सरकारको स्पष्ठ निती आउनु पर्ने र लेखनाथ रङशालको विकासका लागि सवैको साथ र सहयोग चाहिने सुझाव राखेका थिए ।
क्लबका सचिव पदम गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष किसान गुरुङले गरेका थिए ।
तिजको अवसरमा राखिएको राष्ट्रिय स्तरको प्रतियोगितामाा आठ टिमका विच प्रतिष्पर्धा हुँदै छ ।२३ औं संस्करण बाट रोकीएको प्रतियोगिता सात वर्ष पछि गर्न लागेकाले खेल प्रति यस क्षेत्रका बासिन्दा तथा खेल प्रमीहरुले अभिरुचिका साथ खेललाई लिएको क्लवका लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
फुटबल खेलको विकासका लागि क्लबले खेल मैदानको स्तर उन्नती गर्दै ए डिभिजन लगाएत उत्कृष्ट क्लवका विच प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागीता रहने छ । जसमा पोखरा ११,एन्फा बाग्लुङ,एन्फा तनहुँ,एन्फा स्याङजा,सशस्त्र एपिएफ क्लव काठमाडौं,विग्रेड ब्वोईज क्लव काठमाडौं र जाउलाखेल युथ क्लव काठमाडौं रहेका छन् ।
प्रतियोगिताका विजयी समुहले तीन लाख सिल्ड,मेडल र प्रमाण पत्र,उप विजेताले रु दुई लाख सिल्ड मेडेल र प्रमाण पत्र लगाएत उत्कृष्ठ खेलाडी,उच्च गोलकर्ता,उत्कृष्ठ गोलरक्षक लगाएतका विधामा पुरस्कृत गरिने भएको छ । प्रतियोगिता बुधवार देखि सुरु भई भदौं २७ गते सम्म चल्ने छ ।
आयोजक आदर्श ४ गोलले विजयी :
२४ औ सस्करणको आदर्श कपमा पहिलो खेलमा आयोजक आदर्श क्लव विजयी वनेको छ । आदर्श क्लवले एन्फा तनहुँलाई १ का विरुद्ध ४ गोलले विजयी वनेको छ । आदर्श क्लवका वेल प्रसाद गुरुङ्गले २५ मिनेटमा पहिलो गोल, पहिलो हाफ पछि २७ र २९ मिनेटमा गरी ३ गोल र अजित भण्डारीले ३६ मिनेटमा १ गोल गरेका छन् । त्यसै गरी एन्फा तनहुँका दिपेश आले मगरले ११ मिनेटमा १ गोल गरेका छन् । पहिलो खेलमा आदर्श युवा क्लवका वेल प्रसाद गुरुङ्ग म्यान अफ दि म्याच वनेका छन् ।