Nepal NewsNepali News (नेपाली)
एपीएफलाई हराउदै आयोजक आदर्श कपको फाईनलमा !

एपीएफलाई हराउदै आयोजक आदर्श कपको फाईनलमा !
लेखनाथ, २४ भदौ ।
लेखनाथ रङ्गशाला जारी २४ औं आदर्श कपको पहिलो सेमिफाइनल खेलमा विभागिय टिम एपीएफ लाई ४-० गोल अन्तरले पाखा लगाउदै आयोजक आदर्श युवा क्लव फाईनलमा प्रवेश गरेको छ।निकै रोमाञ्चक खेल प्रदर्शन गरेको आदर्शका लागि विपक्षी खेलाडीले डिबक्स भित्र गरेको ह्यान्डका कारण पेनाल्टीको अवसर मिल्यो। ५७ औं मिनेटमा चलिरहेको खेलमा पाएको पेनाल्टी लाई गोलमा परिणत गरे आदर्शका विमल रानाले।
खेलको ५७ औं मिनेटमा रेडकार्ड पाएर १० खेलाडीमा सिमित भएको एपिएफ दवावमा देखियो। खराव प्रदर्शन गरेको बिभागिय टोलिको लागि विपक्षीको घरेलु मैदान र समर्थक साथ चुनौती जस्तै बनेको थियो। खेलको ६४ औं मिनेटमा वेलप्रसाद गुरुङले अर्को गोल थप्दै खेललाई अझै रोमान्चक बनाए।
त्यस्तै ७३ औं मिनेटमा सुरेन क्षेत्रीले १ गोल र ८३ औं मिनेटमा भिसन गुरुङले अर्को १ गोल थप्दै ४ – ० को नतिजा निकाल्यो आयोजक आदर्शले।एपीएफलाई सुरु देखि नै दवावमा राख्न सफल आदर्शको जितमा भिसन गुरुङ खेलको म्यान अफ दि म्याच बने।
आदर्शले आफ्नो पहिलो खेलमा एन्फा तनहुँ लाई हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो भने एपीएफले बृगेड व्बाईज लाई हराउदै आदर्श संग भेट पक्का गरेको थियो। अब आदर्शले सोमवार हुने अन्तिम सेमिफाइनल खेलको विजेता संग भदौ २७ गरे फाईनल खेल्नेछ।तिजको अवसरमा आयोजित २४ औं संस्करणको रिद्धी सिद्धि आदर्श कपको विजेताले नगद रु ३ लाख ट्रफी मेडल र प्रमाणपत्र जित्नेछ भने उपविजेताले नगद रु २ लाख हात पार्ने कार्यक्रम संयोजक किसान गुरुङले जानकारी दिए।