EntertainmentNepal NewsNepali News (नेपाली)

पोखरामा ‘हट एयर’ बेलुनमा उडेर दृश्य अवलोकन गर्न पाइने

फेवाताल र हिमाल बेलुनमा उडेर दृश्य अवलोकन

राजन परियार

पोखरा, १ मंसिर ।

बेलुन नेपाल प्रा लि ले पोखरामा ‘हट एयर’ बेलुन ब्यबसायिक उडान सुरु गरेपछि पोखरा घुम्न आउने पर्यटकले अब थप मनोरञ्जन पाउने भएका छन् । 

शनिबार देखी प्रालिले पोखरामा बेलुनमा उडेर मनोरञ्जन लिन पाउने प्रालिका सञ्चालक सदस्य प्रविण महर्जनले जानकारी दिए । उनले दुईवटा बेलुनबाट सेवा सुरु गर्ने बताए । कास्कीको धम्पुस र पोखरा महानगरपालिका २४ लौरुकबाट उडान गर्ने र एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्ने उनले जानकारी दिए । धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरेको हो । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल ल्याइएको उनले बताए ।

उडानका लागि शुल्क नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर रहेको छ ।  बेलुन नेपालले २५ जनालाई रोजगारी दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने जनाईएको छ ।

तस्बिरहरु :

 

 

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: