Nepali News (नेपाली)

डायमण्ड मा विको २९ औं बार्षिकोत्सव

डायमण्ड मा विको २९ औं बार्षिकोत्सव

अवको शिक्षा प्राविधिक र रोजगारका लागि हुनु पर्छ: अधिकारी

लेखनाथ,८ माघ ।

प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले अवको शिक्षा प्राविधिक र रोजगार मुलक हुनु पर्नेमा जोड दिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविको २९ औं बार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै अधिकारीले निजी विद्यालय र सामुदायिक विद्यालयको शिक्षा प्रणालीलाई एक रुपता दिदै अन्तराष्ट्रिय सुहाउदो शिक्षाका माध्यवबाट अगाडी वढ्नु पर्ने सुझाव राखेका हुन् ।

देशको आर्थीक सामाजीक विकासका लागि राजनिती मुल निती भएकाले अव देशमा राजनितीक क्रान्ति समाप्त भएकाले समृद्ध नेपाल बनाउनका लागि निजी क्षेत्रबाट संचालीत विद्यालयले सहयोगिको भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा प्रदेश सभाका सदस्य दिपक कोईरालाले ब्यहारीक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई सिप मुलक शिक्षा प्रदान गर्नुमा धारणा राख्दै नेपाली शिक्षाले अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्दा गर्न सक्ने गरि शौक्षीक निती तयार पार्नु पर्ने आवस्यकता रहेको औल्याएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमा प्याब्सनका केन्द्रिय सदस्य कृष्ण केसी,महानगरपालिका शिक्षा बिभागका प्रमुख विश्वराज आचार्य,भुपु विद्यार्थी बुद्धिसागर अधिकारी,विद्याथी संगिता पौडेल र स्रोत ब्यक्ति विष्णु पौडेल लगाएतले गुणस्तरीय शिक्षाका लागि शिक्षक,अभिभावक र विद्यार्थीहरुका विचको सम्वन्ध जिबन्त हुनु पर्ने धारणा राखेका थिए ।

बिबिध सास्कृतीक कार्यक्रम सामाबेस गरिएको उक्त अवसरमा विद्यालयका प्राचार्य यमवहादुर रोक्काले बार्षिक प्रतिबेदन र भावी योजनका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य ब्यवस्थापक हरिप्रसाद लामिछानेले र धन्यवाद ज्ञापन निर्देशक माधव शरण उपाध्यायले गरेका थिए ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: