LekhnathNepali News (नेपाली)News

बेगनासताल स्थित एक घरमा आगलागि, ७ वर्षीय बालक सहित तिनजना घाइते

लेखनाथ, १८ पौष

बलिरहेको टुकी विस्तारामा पल्टेर भएको आगलागिका कारण कास्कीको बेगनासतालमा ३ जना घाईते भएका छन् ।

बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किन जाँदा रामेछाप जिल्ला ढोरमा-५ घर भई हाल जिल्ला पोखरा महनगरपालिका-३१ बेगनासताल स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ वर्षकी सिता परियारको आफु सुत्ने कोठामा आगो लागेको हो ।

प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए अनुसार उक्त कोठामा रहेका ४७ वर्षकी सिता परियार, उनका नाती ७ वर्षीय निरज परियार र १० वर्षीय छोरा सकुल परियार रहेका छन् । उनीहरु ३ जनाकै पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उक्त आगोलागीबाट लत्ताकपडा, १ मुरी धान करिब २५ हजार बराबरको क्षति भएको जनाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: