Nepal NewsNepali News (नेपाली)

निशुल्क स्वास्थ्य शिविर एवं शैक्षिक सामग्री वितरण

निशुल्क स्वास्थ्य शिविर एवं शैक्षिक सामग्री वितरण

लेखनाथ, कात्तिक १० ।

लेखनाथ जेसिजको आयोजनामा शनिवार निशुल्क स्वास्थ्य शिविर एवं शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । जेसिजको वार्षिक कार्यक्रम अन्र्तगत पोखरा–२७ बडहरे स्थित जेसिज गाउँमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ५० जना गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । यस्तै शनिवार नै सम्पन्न स्वास्थ्य शिविरमा जेसिज गाउँका १०० जना भन्दा वढिको निशुल्क स्वास्थ्य परिक्षण एवं औषधी वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा डा. सन्दिप ओझा, डा. विदुर तिवारी, असिष्टेन्ट फार्मेसिस्ट गिता त्रिपाठी र अजय भटृराई ले स्वास्थ्य परिक्षण एवं औषधी वितरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकटृेलले जेसिज गाउँलाई विभिन्न कार्यक्रमको माध्यमबाट नमुना गाउँको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै विशिष्ट अतिथि वडा सदस्य प्रेम बरालले यस क्षेत्रको विकासको लागि वडाको तर्फबाट लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: