LekhnathNepali News (नेपाली)

लेखनाथ जेसीजको जेसीज सप्ताहन्त सुरु

लेखनाथ जेसीजको जेसीज सप्ताहन्त सुरु

पोखरा ,२४ साउन ।

“परिवर्तनका लागि युवा” भन्ने मुल नाराका साथ अगाडी वढेको लेखनाथ जेसीजले विहिवार देखि जेसीस सप्ताहन्त शुरु गरेको छ ।

पोखरा महानगरपालिका वडा नं २७ मा रहेको श्रीकृष्ण प्रणामी बाल तथा वृद्धा आश्रममा रहेका वृद्धबृद्धाको सम्मान, फलफूल वितरण तथा स्वास्थ्य परिक्षण गरि जेसीज सप्ताहन्त सुरु गरिएको हो ।

युवाहरुले बृद्ध बृदाको सम्मान गरि सामाजीक क्षेत्रमा उदाहरणीय काम गर्दै जाने उदेस्यका साथ सुरु भएको जेसीज सप्ताहन्त कार्यक्रमको उद्घाटन गर्दै वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले युवाहरु समृद्धी र विकासका पहरेदार भएकाले जेसीजले युवाहरुलाई संगठित गराउदै सामाजीक क्षेत्रमा अग्रसर हुन सहयोगीको भुमीका निभाएको विचार राखेका थिए ।

विहिवार देखि सुरु भएको जेसीज सप्ताहन्त कार्यक्रममा वृद्धा अश्रममा रहेका १० जना वृद्धबृदा लगाएत स्थानियको समेत स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा स्थानिय समाजसेवी नन्द वहादुर गुरुङ, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्दिप पौडेल, लेखनाथ जेसिसका पुर्व अध्यक्ष ऋषी जमरकट्टेलले सप्ताहन्त कार्यक्रमको सफलताको शुभकामना दिदै जेसीजले समाज रुपान्त्रणका लागि अगुवाको भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए ।

मुल संयोजक कमल गौतमले जेसिस सप्ताहन्त कार्यक्रमको वारेमा प्रकाश पारेको सो कार्यक्रममा फलफूल वितरण तथा सम्म्मान कार्यक्रमका संयोजक डा सन्दिप ओझाले वृद्धाहरुको सम्मान गर्नु र उहाँहरुलाई सहयोग गर्नु मानविय धर्म भएको बताएका थिए ।

लेखनाथ जेसिसका अध्यक्ष शालिकराम ओझाको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन महासचिव रोशन अधिकारीले गरेका थिए भने निवर्तमान अध्यक्ष सन्दिप ढुंगानाले धन्यवाद ज्ञापन र सचिवालय संयोजक प्रदिप आचार्यले आस्था पाठ गरेका थिए ।

लेखनाथ जेसिसको सप्ताहन्त कार्यक्रम अन्तरगत दोस्रो दिन सुक्रवार विद्यालय स्तरिय हिज्जे प्रतियोगिता र अन्तिम दिन शेयर कारोवार वारे अन्तरक्रिया तथा समापन कार्यक्रम गर्ने कार्यक्रमका मुल संयोजक सन्तोष गुरुङले जानकारी दिएका छन् ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: