Nepali News (नेपाली)News

कास्कीमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि समिति गठन

पोखरा, २५ पुस ।

 समाजमा देखिएका लैङ्गिक हिंसा न्यूनिकरणकालागि कास्कीमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धिजिल्ला स्तरीय समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षक ओम रानाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन भएको थ्रि एन्जल्स नेपालकाअध्यक्ष शारदा खत्री गौतमले जानकारी दिनुभयो ।

समितिको सदस्य सचिव जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका विभागका प्रमुख चन्द्रा कुमारी गुरुङ रहनु भएको छ । सदस्यहरुमा सुरक्षित आवास गृह सञ्चालन गरिरहेका गैरसकारी संस्थाको तर्फबाटथ्रि एन्जल्स नेपालकाअध्यक्ष शारदा खत्री गौतम, गैर सरकारी संस्थाका प्रतिनिधि जुना गुरुङ, नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्ययक्ष दिपेन्द्र श्रेष्ठ रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमै नविन माविका शिक्षिका सविता पौडेल, मानव अधिकारकर्मी विष्णु प्रसाद बराल, जिल्ला बारका प्रतिनिधि ध्रुबबहादुर खत्री, पोखरा उद्योग वाणिज्य संघकाअध्यक्ष दामु अधिकारी, जिल्ला बालकल्याण समितिका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि विना शिलवाल, सिविन नेपालका कृष्ण गुरुङ स्थानीय महिला तथा बाल सम्बन्धि गैर सरकारी संघ संस्थाका प्रतिनिधि जानकी शर्मा लगायत रहनुभएको छ ।

सरोकारवाला निकायको सहयोगले लैङ्गिक हिंसा न्यूनिकरणमा सहयोग पर्याउने उदेस्य सहित समिति गठन गरिएको हो । प्रहरी प्रधान कार्यालयले लैङ्गिक हिंसा न्यूनिकरणका लागि जिल्ला स्तरीय, समुदायस्तरीय र वडा स्तरीय सञ्जाल गठन गरी लैङ्गिक हिंसा न्यूनिकरणकालागि समिति गठन गर्ने योजना अनुसार कास्कीमा उक्त समिति गठन गरिएको जनाईएको छ ।

समितिले विविधप्रकारका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई न्यायमा सहजपहुँच पुर्याउनका लागि विशेष काम गर्ने बताईएको छ । उक्त समितिमा कानूनी क्षेत्रमा कामगर्ने संघ संस्था, नागरिक समाज, स्थानीय प्रहरी, सामुदायिक प्रहरी, महिलाअधिकारकर्मी, सञ्चारकर्मी , बालअधिकारकर्मी, उद्योग व्यवसायी सम्मिलित छन् ।

Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: