Entertainment (मनोरंजन)Nepali News (नेपाली)Pokhara News (पोखरा)

पोखरामा दोश्रो कोरियन फिल्म फेस्टिभल सम्पन्न

पोखरामा दोश्रो कोरियन फिल्म फेस्टिभल सम्पन्न

पोखरा २८ मंसिर । पर्यटकीय शहर पोखरामा कोरियन फिल्म फेस्टिभल सम्पन्न भएको छ । पोखराको माउण्टकैलाश रिसोर्टमा आयोजित दोश्रो कोरियन फिल्म फेस्टिभलमा दुई वटा कोरियन फिल्म प्रदर्शन गरिएको थियो । दक्षिण कोरियामा बिकास कसरी भयो र कोरियाका मानिसको जीवनस्तर कसरी अगाडी वढ्छ भन्ने सन्देश प्रवाह गर्ने खालको फिल्महरु प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिनुभयो ।

उक्त अवसरमा वोल्दै नेपालका लागी कोरियन राजदुत पार्क योङ सिकले नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुक रहेको वताउदै पोखरामा कोरियन पर्यटन भित्रयाउनका लागी आफुले पहल गर्ने वताउनुभयो । उहाँले आगामी अंग्रजी नया वर्षमा कोरियन संस्कृति र रहन सहन झल्काउने खालका झांकीहरु प्रदर्शन गराउन आफुले सहयोग गर्ने र पोखराको पर्यटन बिकासका लागी कोरियाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरनुभयो ।

सो अवसरमा वोल्दै पोखराका पर्यटन ब्यवशायी गणेश बहादुर भट्टराइले कोरिया र नेपाल बीचको सम्बन्धलाई कायम राख्दै वढी भन्दा वढी कोरियन पर्यटकलाई पोखरामा ल्याउने वातावरण मिलाउनका लागी पोखरेली पर्यटन ब्यवशायीहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा कोरियामा बिभिन्न रोजगारी गरेर फर्केर नेपालमै ब्यवशाय गरेर बसेका २०० जना ब्यवशायी, पर्यटन ब्यवयशायी, पर्यटन सम्बन्धी संघ सस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: