Nepal NewsNepali News (नेपाली)

पोखरा उद्योग वाणिज्यलाई लेखनाथ उद्योग वाणिज्य संघको स्वागत

लेखनाथको आर्थिक विकासमा सहकार्य: अधिकारी

पोखरा उद्योग वाणिज्यलाई लेखनाथ उद्योग वाणिज्य संघको स्वागत

लेखनाथको आर्थिक विकासमा सहकार्य: अधिकारी

लेखनाथ, ९ असोज
पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष दामु अधिकारीले लेखनाथ र पोखराको समग्र विकासमा समग्र विकासमा एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । नेपाल सरकारको स्पष्ट निति नवन्दा सम्म औद्योगिक क्षेत्रको विकासको ठोस एजेण्डा वन्न नसकेको कुरामा जोड दिएका छन् । उनले सरकारको ३ तहहरु केन्द्र, प्रदेश र स्थानिय तह सँगै मिले काम गर्न तयार भएको समेत वताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रम उनले सो कुरा वताएका हुन् ।
सम्मान कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले पोखरा र लेखनाथ एउटै महानगर भए पनी आफ्नो कार्य क्षेत्र फरक फरक स्थानमा रहेको हुँदा एक भएर उद्योग व्यवसायीको हितमा लाग्नु पर्नेमा जोड दिएका छन् । सोही कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष वसन्त उदासले विकास निर्माण मात्र नभई उद्योगी व्यवसायीको हक हितमा लाग्नु पर्नेमा जोड दिएका छन् ।
लेखनाथ उद्योग वाणिज्य महासंघका महासचिव भरत कुमार अधिकारीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष वलराम ढकालले गरेका थिए ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: