Nepali News (नेपाली)

लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने

लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने

साउन २३, लेखनाथ – “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्देश्यका साथ सन् १९९८ मा स्थापित लेखनाथ जेसीजले विगतका वर्ष झै यस वर्ष पनि जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ।


“परिवर्तनका लागि युवा” भन्ने प्रकरणका साथ यहि श्रावण २४ देखि श्रावण २६ गते सम्म गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।
युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास सँगै समाजमा सक्रिय नागरिकहरुको भुमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि लेखनाथ जेसीजले आफ्ना सदस्यहरुको विकास र सबल नेतृत्व प्रदान गर्नका लागी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जेसि सालिकराम ओझाले वताए ।
३ दिन सम्म हुने कार्यक्रम अन्तर्गत साउन २४ गते श्रीकृष्ण प्रणामी बाल तथा बृद्दाआश्रम सहेलेपाखामा जेसिज सप्ताहन्तको उद्घाटन एवं वृद्धवृद्धा सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ।
दोश्रो दिन अर्थात साउन २५ गते लेखनाथ पव्लिक एकेडेमीमा विद्यालयस्तरीय नेपाली हिज्जे प्रतियोगिता हुनेछ भने तेस्रो अर्थात अन्तिम दिन साउन २६ गते शेयरवजार आधारभुत तालिम संगै सम्मान, पुरस्कार वितरण र समापन गरिने मुल संयोजक जेसि सन्तोष गुरुङले जानकारी दिए।
३ दिन सम्म चल्ने सप्ताहन्त कार्यक्रम लाई सफल र सभ्य बनाउन सवैको सहभागिता अपरिहार्य रहेको अर्का मुल संयोजक जेसि कमल गौतमले बताए। 
जेसि सालिकराम ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसि चिरञ्जीवी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव जेसि रोशन अधिकारीले गरेका थिए।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: