LekhnathNepal NewsNepali News (नेपाली)

चाड पर्वमा चेलीको बिलौना

प्यारो दाजु
अबिरल सम्झना।
कति हजुरको यादमा छट्पटिएकी छु भन्नी त तातो भुङ्रो मा परेको माछालाइ थाहोला।
रिसानी माफ होस, लेख्नु पर्ने त आदरणीय हो तर प्यारो भनी सम्बोधन गरे बिगत १५ १६ बर्ष देखि हजुरको सम्झनाको सागरमा पौडदा पौडदा पार लाग्न नसकी आज बध्यभएर यो पत्र कोर्ने प्रयास गरेकी छु। ब्यस्तता को बाबजुत पनि एक पटक पढिदिनु होला। हजुरहरुको बुझाइमा मैले आफ्नो खुसिको लागि घर छोडेर हिडे , तर हजुरहरुले मलाइ कहिल्यै बुझ्ने प्रयास गर्नु भएन जतिनै मिठो खानेकुरा दिएपनी एउटा चरी पिजडामा भन्दा स्वतन्त्र बनमा नै रमाउछ मलाइ पनि हजुरहरुको अनाबस्यक नियम को दयरा सहिय भएन, हजुरहरुका प्रत्येक शब्द शब्द कठोर र तिक्त लाग्न थाले ।रिसानी माफ होस, उच्छ आदरार्थी शब्दले सम्बोदन गर्नुपर्ने हो तर हजुरहरुको गाथामा कुशलमंगल को कामना गर्दछु।हजुरले त बिर्सनु भयो होला सायद किन कि म हजुरको नजरमा दोषी छु।तर मैले यतिका बर्ष सम्म हजुरलाइ एक पल पनि भुलेको छैन। जब जब बाटोमा तिज र भाइटिका भनी माइती र चेलीको सम्बन्धलाइ अझ प्रगाड र सुमधुर बनाउन चेली को लर्को लाग्दछ तब तब पुरानो याद्ले मुटु भक्कानिएर आउँछ।बारिमा गाबा काक्रा र घिरौला फल्दा तामा टुसा पलाउदा सम्झन्न भन्दपनी मन र आखाले बिर्सदैनन र साउने भेल सरि आँशु धारा बर्सन्छन।सयपत्री मखमली फुल्दा फाँट भरी लहलह धनका बाला झुल्दा त झन के कुर गरौ र, आफ्ना साथी सङ्गिले दशैछुत्ती मनाउन मामा घर जन्छौ भन्छन,हाम्रो मामाघर कहाँ हो र किन आज सम्म नलगेको ममि भनी छोराछोरिले सोध्दा तिनको बाल मानसिकात म आघात नपुगोस भनी अनेकौ बहाना बनाउदा बनाउदा थकित भइ आज यो पत्र कोर्न बध्य भएकी छु।भौतिक सुख, सुख रैन्छ दाजु।र भौतिक सुख ले मनसिक सुख को अगाडि सधै हार बेहोर्दो रैछ लाइ जीवन देखि हारेको महसुस भैरहेको छआखिर के नै गल्ती गरेकी थिय र मैले हजुरहरुको माया बाट बन्चित र नजरबाट तिरस्कृत हुनलाइ।के आफुले मनै देखि चाहेको जीवन साथी रोज्नु मेरो गल्ती हो पुर्ण अपरिचित भन्दा आनिबानी ब्यबहार जानेकोनै उत्तम होइन र
जे होस दाजु,हजुर हजुरहरुको माया बहेक सबथोक पाएकी छु।म आफुले रोजेको रोजाइ प्रती म संतुष्ट छु।हजुरहरुपनी खुसी सुखी नै हुनुन्छ होला नि हजुर सग गुनासो त केही पनि छैन दाजु,बाबा आमाले मलाइ नबुझेपनी हजुरले त मेरो भवना बुझ्नु हुन्छ भन्ने अपेक्षा गरेकी थिए किन कि हजुर मेरो दाजु भन्दा पनि नजिक को साथी हुनुन्थ्यो।तर…….. मेरी गुडिया भदिनी बैनीले मेरै जस्तो नियाती भोग्नु नपरोस। गुनासो ब्यक्त गरेर यदि कुनै गल्ती गरे भने माफी दिनुस।सक्नुहुन्न जस्तो सुकै सजया को भगिदार बन्न पनि राजीछु।पत्र को बिट मार्न चाहान्छु।यतिकावर्ष गुनासो त कति थियो कति कुनै दिन हजुरको मन फर्किएछ भने अबस्य नै हजुरको काखमा अन्जान बच्चाले झै लडिबुडी खेल्दै बताउने छु।
उहीँ हजुर बाट माया को
अपेक्षा गर्ने बहिनी
रोशनी पोखरा।

कसैको वास्तवीक जिवनमा मेल खान गएमा संयोग मात्र हुने छ ।

लेखिका
रोशनी घिमिरे

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: