Kaski News (कास्की)Nepali News (नेपाली)

एल आई सीका उत्कृष्ठ अभिकर्ता सम्मानीत

एल आई सीका उत्कृष्ठ अभिकर्ता सम्मानीत

लेखनाथ,८ साउन ।

पेशा गत विमा अभिकर्ता संघ एल आई सी नेपाल साखा समिति पोखराले आर्थीक वर्ष २०७४÷७५मा उत्कृष्ठ काम गर्ने अभिकर्ताहरुलाई सम्माान गरेको छ ।

आर्थीक वर्ष समाप्तसगै आगामी आर्थीक वर्षका लागि अभिकर्तालाई थप प्रेरण दिने उदेस्यले मंगलबार एक कार्यक्रमका बिच यस बर्ष अधिकृत अभिकर्ताको रुपमा छनोटमा पारेका ५८ जना अभिकर्तालाई सम्मान गरिएको हो ।

सफल र ब्यवसायिक अभिकर्तालाई सम्मान गर्दै एल आई सी नेपाल पोखरा साखाका प्रमुख गिरिराज घिमिरेले जिबन विमा मानिस जिन्मीए देखि जिवनको अन्तेसम्म अनिवार्य रुपमा आवस्यक पर्नेमा जोड दिदै बिमाका बारेमा शहर देखि दुर दराजका गाउले जनताहरुलाई पनि सुसुचित गराउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बरिष्ठ एजेन्सी मेनेजर केदारनाथ अधिकारीले जिबन बिमा बचत,लगानी र आर्थीक सुरक्षाको भरपर्दो माध्यम भएकाले आफनो कमाईको कम्तीमा पनि १० प्रतिशत रकम बिमामा लगानी गर्नु पर्ने सुझाव राखेका थिए ।

बिमा अभिकर्ता संघ एल आई सी नेपाल साखा समिति पोखराका अध्यक्ष रुकवहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य लालकुमार अधिकारी,रेखादेबि पोखरेल, एजेन्सी मेनेजर गोविन्द खड्का र उत्कृष्ठ अभिकर्ता रंजना भण्डारीले बिमाको महत्व र उपयोगीताका बारेमा अझै बढि प्रचार प्रसार गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।

संघका कार्यवाहक सचिव नवराज केसीले संचालन गरेको सो कार्यक्रममा स्वागत उपाध्यक्ष सुसिल ढुगाना र धन्यवाद ज्ञापन एजेन्सी मेनेजर ईन्द्रप्रसाद द्धाले गरेका थिए ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: