Nepali News (नेपाली)
बेगनासतालमा डुबेर १ जनाको मृत्यु

बेगनासतालमा डुबेर १ जनाको मृत्यु
लेखनाथ, ६ श्रावण
बेगनासतालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
पोखरा लेखनाथ महानगरपालिका-१५ टुटुङगा बस्ने वर्ष ३१ को प्रकाश गुरुङ बेगनासतालमा माछा मार्न जाने क्रममा पौडि खेल्दा अचानक पौडी खेल्दा डुबेर मृत्यु भएको हो।
उनको तत्कालै प्रहरी टोली खटिगई उद्दार गरि उपचारको लगि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको छ ।