LekhnathNepali News (नेपाली)News

परोपकारको रक्तदान ६० युनिट रगत संकलन

परोपकारको रक्तदान ६० युनिट रगत संकलन

२०७६कार्तिक १६, लेखनाथ

राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाई समिति पोखरा महानगरपालीका वडा २६ ले राखेको खुल्ला रक्तदानमा ६० यूनिट रगत संकलन भएको छ ।

सामाजिक भावनाले राखिएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले परोपकार शब्दमा जसरी सेवा र करुणाको भाव छ सोही अनुरुप गरिएको कामले समाजमा सकरात्मक सन्देश दिने धारणा राखेका थिए ।

सोही अवसरमा परोपकार महासंघका प्रमुख संरक्षक कमलनयन गौतमले सेवाका भावले गरिने जुन सुकै कामबाट पनि आत्मसन्तुष्ठि मिल्ने भएकाले धार्मीक भावना लिने मानिस कहिल्यै पनि दुखी नहुने विचार राखेका थिए ।

परोपकार वडा एकाई समिति पोखरा २६ की अध्यक्ष कमला बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य खड्क वहादुर रानाभाट लगाएतले रत्तदानको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका थिए । एकाई समितिकी सचिव ईश्वरी थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महानगर प्रतिनिधी शुसिला रानाभाटले गरेकी थिईन ।

Tags

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: