Nepali News (नेपाली)

लेखनाथको पावर हाउसमा खुल्यो लाईभ म्युजिक स्पोर्ट्स बार

हरेक सांझ लाईभ म्युजिक...

लेखनाथको पावर हाउसमा खुल्यो लाईभ म्युजिक स्पोर्ट्स बार

लेखनाथ, १ बैशाख 

रमणिय क्षेत्रको समग्र बिकास साथै युवा स्वरोजगार भन्ने भावना र उदेश्यका साथ पोखरा लेखनाथ ३० उपल्लो गगन गौडा पावर हाउस चोकमा पि एच सैनिक रेस्ट्रो एन्ड लाईभ म्युजिक स्पोर्ट्स बारको शुभारम्भ भएको छ ।

प्रमुख अतिथी पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसी , बिशेष अतिथी पोखरा लेखनाथ ३० का वडा अध्यक्ष श्री राम पोख्रेल्, पोखरा लेखनाथ २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङ्, ईलाका प्रहरी कार्यालय डाडाकोनाक प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी, जनप्रतीनिधी चोला बराल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, गुरुकुल बिद्याश्रमका प्रधानध्यापक मिलन के. सी, समाजसेवी जित बहादुर के. सी. एबम बिभिन्न सामाजिक संस्थाका प्रतीनिधीहरुको उपस्थिती रहेको थियो ।

नयाँ वर्षको अवसर पारेर स्थानिय ३ जोशिला युवाहरु चन्द्र के. सी, विर बहादुर थापा, र सुनिल पुनको संयुक्त लगानिमा स्वदेशमै केहि गर्नुपर्छ भन्ने भावनाका साथ पि एच सैनिक रेस्ट्रो एन्ड स्पोर्ट्स बारको शुभारम्भ भएको छ । हरेक सांझ लाईभ म्युजिक तथा हरेक साता भइरहने प्रीमियर लिग्, च्याम्पियन्स लिग लगायतका बिश्वका प्रतिश्ठित क्लबहरुको लाईभ खेल हेरेर मनोरन्जन लिन सकिन्छ । साथै मिठो स्वाद र परिवारिक वातावरण यहाँको बिशेषता रहेको छ ।

महानगरको पर्यटन प्रबद्र्धनमा बार र रेस्टुरेन्टले थप सहयोग पुग्ने कुरा मेयर जिसिले बताएका थिए । युवाहरुले यसरी ब्यवसाय सन्चालन गर्दा देशलाई नै आर्थीक रुपले फाइदा पुग्ने र प्रशासनले सुरक्षाको जिम्मा लिने कुरा डि. एस. पि. पुरिले बताएका थिए । युवाहरुले रोजगारी पाउने र यस क्षेत्रको आर्थिक बिकासका लागी लेखनाथ उद्योग बाणिज्य संघले पूर्ण सहयोग गर्ने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताएका थिए ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: