Nepal NewsNepali News (नेपाली)

पोखरा महानगरपालिकाको वडा नं. ३० ले वडा प्रोफाईल निर्माण गर्ने

पोखरा महानगरपालिकाको वडा नं. ३० ले वडा प्रोफाईल निर्माण गर्ने

कात्तिक १८, लेखनाथ ।

पोखरा महानगरपालिकाको वडा नं. ३० ले वडा प्रोफाईल निर्माण गर्ने भएको छ । वडाको विकास र सम्वृद्धिका लागि यकिन विवरण र तथ्याड्कहरुको आवश्यकता परिपुर्ति गर्नका लागि वडाले प्रोफाईल निर्माण गर्न लागेको वडाध्यक्ष श्रीराम पोख्रेलले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रोफाईल निर्माणले भविष्यमा आईपर्ने समस्या, चुनौती, अवसर र सम्भावनाको बारेमा खोजी तथा अध्ययन अनुसन्धान गर्न सहज हुने वडाध्यक्ष पोख्रेलले विश्वास लिएका छन ।

वडाका आर्थिक, सामाजीक, भौगोलिक, साँस्कृतिक, धार्मिक र पु्रातात्वीक क्षेत्रको वस्तुगत अध्ययन एवं विभिन्न लक्षित वर्गको तथ्याड्क संकलन गरि प्रोफाईल निर्माण गरिने वडाध्यक्ष पोख्रेलले वताए । साविक लेखनाथ नगरपालिका वडा नं. ८ र १२ मिसिएर बनेको वडा नं. ३० मा वसाई सराईको वढ्दो चाप र घरभाडामा पनि वृद्धि भएका कारण घरधुरी संख्यामा १.५ प्रतिशतले वृद्धि गरि करिब ४१ सय घरधुरीमा सुचना संकलन गर्ने लक्ष्य राखिएको छ ।

तथ्याड्ढ संकलनको लागि प्रोफाईल निर्माण समिति, वडा कार्यलयका कर्मचारीहरु, वडा सदस्यहरु, टोल विकास संस्थाका सदस्यहरु खटिनेछन भने तथ्याड्क संकलन कार्यको अनुगमनको लागि ३ तहको अनुगमन समिति समेत बनाईएको छ ।

प्रोफाईल वडाको ऐतिहासिक दस्तावेज हने भएकाले वडाबाट खटिने गणकहरुलाई सहज र सरल तरिकाले आफ्नो विवरण उपलब्ध गराई सहयोग गरिदिनको लागि वडाले सबैमा आग्रह समेत गरेको छ ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: