EventsNepal NewsNepali News (नेपाली)

भण्डारढिकमा ‘आदर्श महोत्सव’ हुने

भण्डारढिकमा ‘आदर्श महोत्सव’ हुने

पोखरा, १६ कात्तिक –

लेखनाथको भण्डारढिकमा ‘आदर्श महोेत्सव’ हुने भएको छ । आउँदो कात्तिक ३० गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा २६८ स्टल रहने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
महोत्सवमा झाँकी प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, चर्चित राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारहरुको प्रस्तुति, ख्याती प्राप्त राष्ट्रिय स्तरका ब्यान्डहरुको लाइभ कन्सर्ट, आधुनिक कलाकारहरुको प्रस्तुति रहने आयोजक आदर्श क्लबका अध्यक्ष लक्ष्य भण्डारीले बताए ।
बेलुका ५ बजेसम्म ५० रुपैयाँ र विद्यार्थीलाई ४० रुपैयाँ हुने र साँझ ५ बजे पछि भने १ सय रुपैयाँको टिकट लाग्ने आयोजकले बताएको छ ।
महोत्सव सम्पन्न गर्नका लागि अनुमानित लागत ६८ लाख लाग्ने छ । करिब १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखेको मेलाको अनुमानित आम्दानी १ करोड रुपैयाँ हुने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: