Nepali News (नेपाली)Sports News (खेलकुद)

राइजिङ स्टार युथ क्लबको भलिबलमा स्पाईरल ग्यालेक्सी प्रथम

राइजिङ स्टार युथ क्लबको भलिबलमा स्पाईरल ग्यालेक्सी प्रथम

लेखनाथ,२८पुस।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले माघे सक्रान्तिको अवसर पारेर आयोजना गरेको पुरुष भलिवल प्रतियोगितामा पोखराको स्पाईरल ग्यालेक्सी भलिवल क्ललले प्रथम स्थान हासिल गरेको छ ।

पुस २५ गते देखि संचालित प्रतियोगितामा आयोजक राईजिङ स्टार युथ क्लवले दोस्रो स्थान हासिल गरेको छ ।जितसगै प्रथम हुने समूहले रु २५ हजार , द्धितीय हुने समुले रु १५ हजार साथमा मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक अञ्चल गुरुङले जानकारी दिएका छन् ।

विजयी टिमलाई पुरस्कार वितरण गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले क्लवले गरेको कामकाो प्रशंसा गर्दै खेललाई स्वास्थ्य र मनोरञ्जनका लागि पनि उपयोग गरिनु पर्ने सुझाव राखेका थिए ।

क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा भुपु सैनिक क्लव रिठेपानीका अध्यक्ष सुबेदार जगबहादुर गुरुङले पनि विजयी टिमलाई सुभकामना दिएका थिए भने सचिव श्याम खनालले कार्यक्रम संचालन गरेका थिए ।प्रतियोगीतामा २० टिमको सहभागीता रहेको थियो ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: