Nepali News (नेपाली)

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो।

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

काठमाडौं, चैत २८ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको यूएस–बंगला एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।

दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् ।

जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन ।

जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको दिनमा पाइलटको मात्रै गल्ती भनिए पनि प्रारम्भिक छानविनमा एटीसीले पनि सही निर्णय लिन नसकेको निष्कर्ष निकालिएको आयोगका एक सदस्यले जानकारी दिए । –कारोबार दैनिकबाट

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: