Don't Miss
Home » Nepali News (नेपाली) » लेखनाथ महोत्सवमा आमा समुहको सहयोग

लेखनाथ महोत्सवमा आमा समुहको सहयोग

लेखनाथ महोत्सवमा आमा समुहको सहयोग

लेखनाथ,२७ पुस ।

माघ ११ गते देखि २२ गते सम्म कास्कीको तालचोकमा संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेलामा आमा समुहको सहयोग रहने भएको छ ।

महोत्सव लेखनाथको सस्कृती स्थानिय उत्पादन विकास र संवृद्धी भन्ने मुल नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजना गरिने १४ औ सस्करणको लेखनाथ महोत्सव सफल पार्न यस क्षेत्रका महिला तथा आमा समुहहरुले सहयोग गने प्रतिबद्धता जनाएका हुन् ।

महोत्सवका सम्वन्धमा विहिवार राखिएको महिला तथा आमा समुहको भेलाले महोत्सव उद्घाटनका दिन आ आफनो समुहबाट तुल ब्यान सहित झाकी ¥यालीमा सहभागी हुने र महोत्सवको मुख्य आकर्षणको रुपमा राखिएको रत्यौली गीत प्रतियोगितामा टिम दर्ता गरि सहभागी हुन् आग्रह गरिएको थियो ।

रत्यौली गीत प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु तिस हजार द्धितियलाई १७ हजार, तृतियलाई दश हजार, सान्तोना दुई टिमलाई पाँच पाँच हजार र सहभागी टिमलाई दुइ दुइ हजार नगद प्रदान र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

महिला तथा आमा समुह परिचाल समोन्वय उप समितिकी संयोजक जानुका अधिकारको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि भण्डारी, पुर्ब अध्यक्ष चतुराखर अधिकारी, पुर्ब अध्यक्ष एवं विशिष्ट सदस्य बावुराम गिरी, बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, कार्यसमितिका सदस्य कृष्ण प्रसाद ढुगाना, महिला समन्वय समितिका संयोजक मेनुका श्रेष्ठ र मञ्च ब्यवस्थापन उप समितिका संयोजक राधा सापकोटा लगायतले महोत्सवलाई ब्यवस्थीत र प्रभावकारी बनाउन सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न अनुरोध गरेका थिए ।

Check Also

लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि शुरु

लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि शुरु लेखनाथ, २८ पौष । लेखनाथ उद्योग बाणिज्य संघको …

%d bloggers like this: