LekhnathNepal NewsNepali News (नेपाली)News

ट्राफिकद्धारा चालकको स्वास्थ्य जाँच

ट्राफिकद्धारा चालकको स्वास्थ्य जाँच

लेखनाथ, ७ असार ।

सवारी साधन चलाउने चालकहरु स्वच्छ र निरोगी हुनु पर्छ भन्ने सन्देश दिने उदेस्यले जिल्ला ट्राफिक कार्यालय कास्कीको आयोजना र अस्थायी ट्राफिक कार्यालय डाडाकोनाकाको ब्यवस्थापनमा सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

पृथ्वीराज मार्ग अन्तगर चल्ने सार्वजानीक यातायातका साधानलाई सनिवार विहान ट्राफिक प्रहरीले रोक्दै अर्लन आग्रह गर्दा चालकहरु आर्षयमा पर्छन तर उनिहरुको स्वास्थ्य परिक्षण सहित निरोगी रहनका लागि अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराईन्छ उनिहरु खुसि हुदै फर्किएको देखिन्यो ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न ठाउमा राखेको चालकको स्वास्थ्य चेक जाँच कार्यक्रम अन्तरगत पृथ्वीराज मार्गको लेखनाथमा राखिएको स्वास्थ्ये परिक्षणमा सार्वजानीक सवारी साधनका चालकको आँख र प्रेसर जाँच गरि आवस्यक परामर्श समेत दिईएको थियो । उक्त अवसरमा एक सय सात चालको स्वास्थ्ये चेक जाँच गर्दा एक जनाको आखामा कमजोरी र एक जना चालकले माधक पदार्थ सेवन गरेको पाईएको थियो ।

Tags

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: