Don't Miss
Home » Events » मिस क्विन लेखनाथको प्रतिभा प्रस्फुटन राउण्ड सम्पन्न

मिस क्विन लेखनाथको प्रतिभा प्रस्फुटन राउण्ड सम्पन्न

लेखनाथ मिडिया हाउसको आयोजनामा संचालन भईरहेको तेस्रो मिस क्विन लेखनाथको प्रतिभा प्रस्फुटन चरण सम्पन्न भएको छ ।

लेखनाथ मिडिया हाउसको आयोजना, सेभेन मिडिया नेटवर्कको व्यवस्थापन र फोटोमण्डलको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकाको लेखनाथ भित्रका कुल १२ जना प्रतियोगी रहेको प्रतियोगितामा प्रतिश्पर्धीहरुसंग भएको प्रतिभा प्रस्फुटनका लागी आजको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा लेखनाथका फस्ट भीपी बुद्धि प्रसाद बास्तोलाले यस्ता खालका कार्यक्रमले हरेक व्यक्तिको रुपमा मात्रै नभई व्यक्तित्व विकास गर्नका लागी अवसर र मौका मिल्ने बताए ।

यस्तै कार्यक्रममा मिस नेपाल २०१७ मा पोखराबाट प्रतिस्पर्धामा गएकी ज्ञानी मैया बरालले कार्यक्रमले आफुले आफैलाई चिन्ने र आफुमा भएको क्षमता प्रस्फुटन गर्ने मौका रहेको बताइन ।

आगामी मंसिर ८गते पोखरा सभागृह हलमा अन्तिम प्रतिश्पर्धामा विजेताले विजेताले स्कूटरका साथै अन्य धेरै पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक पौडेलले जानकारी दिए ।

Check Also

Rally organised to observe National Yoga Day

Rally organised to observe National Yoga Day Kathmandu, Jan 15 (RSS): Ministry of Education has …

%d bloggers like this: