LekhnathNepali News (नेपाली)News

दीपशिखा सामुदायिक पुस्तकालयको १२ औ साधारण सभा

दीपशिखा सामुदायिक पुस्तकालयको १२ औ साधारण सभा

२०७६ कार्तिक १६, लेखनाथ

पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन भएको छ ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समिती सभापती दीपक कोईरालाले पुस्तकालय ज्ञानको भण्डार हो भन्दै समुदायमा चेतना जगाउन सामुदायिक पुस्तकालयहरुको भुमिका महत्वपूर्ण रहने बताए ।बाचनालयबाट सुरुवात गरि अहिलेको बदलिदो परिवेशको माग अनुसार दीपशिखा सामुदायिक पुस्तकालय अगाडी बढेकोमा खुशी व्यक्तm गदै प्रदेशकै उत्कृष्ट पुस्तकालय बनाउन आफनो तर्फ बाट सधै सहयोग रहने प्रतिबद्घता समेत उनले व्यक्तm गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालीका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्गले पुस्तकालयका कार्यक्रमहरु पाठक मुखी रहेकामा प्रशंशा गदै आगामी दिनमा उतर उतर प्रगतिको कामना गरे ।

पुस्तकालयका सचिव पदम प्रसाद अधिकारी र कोषाध्यक्ष ऋषिराम भण्डारीले प्रस्तुत गरेका प्रतिवेदन हरु पारित गरिएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,नियमीत पाठक पूर्ण प्रसाद ढुगाना, असिम सिग्देल लगायतले पुस्तक पढने बानीको बिकासमा जोडदिएका थिए ।

पुस्तकालयका उपाध्यक्ष जंगबहादुर गुरुङ्गले धन्यबाद ज्ञापन गरेको उतmकार्यकमको सञ्चालन सचिव पदम प्रसाद अधिकारीले गरेका थिए ।

Tags

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: