EventsNepal NewsNepali News (नेपाली)News

आज देखि लेखनाथ महोत्सव सुरु

लेखनाथ ,४ पुस ।
राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने उदेस्यले कास्कीको लेखनाथमा रहेको लेखनाथ उद्योग बाणिज्य संघले गर्न लागेका १५ औं सस्करणको प्रदेशीक लेखनाथ महोत्सव आज विहिवार देखि सुरु हुदै छ ।
समग्र गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने उदेस्यले विगतका महोत्सव भन्दा फरकसैलीमा आगामी पुस ५ देखि १६ गते सम्म महोत्ससव गर्न लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा गरि उद्घाटनको संघारमा जुटेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिएका छन् ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थोलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ ।
महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ सुरु हने महोत्व अबधिभर तीन लाख दर्शकले मेलाको अवलोकन र करिव १५ देखि २० करोड वरावरको आर्थीक कारोवार हुने अपेक्ष्या आयोजकहरुले लिएका छन् ।
महोत्सवबाट बचत हुन आएको रकमले कृषि उपज खरिद विक्रि केन्द्र निर्माया गर्ने, प्रदशनी स्थलको स्तरउन्तनी र अन्य सामाजिक क्षेत्रका कामलाई खर्च गर्ने बताईएको छ । महोत्सव स्थललमा बिभिन्न प्रकारका करिव तीन सय ५० वटा स्टल रहेने भएका छन् ।महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री डाक्टर युवराज खत्रिवडाबाट हुने बताईएको छ ।
महोत्सव उद्घाटन पुर्व विभिन्न जात जातीको सस्कृती झल्कने गरि झाकी ¥यालीको आयोजना समेत गरिने प्रचार प्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।
यसैविच महोत्सवमा राखिएका विभिन्न प्रतियोगिता अन्तगर कविता वाचन प्रतियोगिता भईसकेको छ भने रन्यौली,विद्यालय स्तरिय एकल नृत्य र गण्डकी तारा अन्तरगत गायन विद्याको पहिलो चरणको अडिसर सम्पन्न भई उत्कृष्ठ प्रतिष्पर्दीहरुलाई मात्र स्टेजमा उतार्ने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन्

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: