Nepal NewsNews

मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना चिनियाँ नागरिक पक्राउ

मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना चिनियाँ नागरिक पक्राउ

 

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो तीन सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले पक्राउ गरेको हो ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थलमा एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

शंका लागि उनीहरुलाई नियन्त्रणमा लिई एक्सरे गरेर हेर्दा मलद्वारमा सुन भेटिएको उनले बताए । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो ।

चेकजाँचका क्रममा केही असजिलो मानेपछि उनीहरूलाई प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पताल लगेको थियो ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: