Nepal NewsNepali News (नेपाली)News

जनता सहकारीको रक्तदानमा ४५ युनिट संकलन

लेखनाथ, १७ पौष
जनता सहकारी सस्थाले गरेको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । सस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले सहकारी मार्फत स्थानिय सँग सहकार्य गर्दै स्थानिय विकासमा अगाडी वढ्ने वताएका छन् ।
सोही कार्यक्रममा स्थानिय समाजसेवीहरु उमनाथ न्यौपाने, तारा अधिकारी, गोविन्द अधिकारी, पार्वती अधिकारी लगाएतले सहकारीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । रक्तदान कार्यक्रम सँगै सहकारीले तवामुखमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । 


सहकारीका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सचिव विश्वराम लामिछानेले सञ्चालन गर्नुका साथै धन्यवाद ज्ञापन उपाध्यक्ष कुल वहादुर रानाभाटले गर्नु भएको कार्यक्रम संयोजक तथा सस्थापन अध्यक्ष विश्व पौडेलले वताउनु भयो । कार्यक्रममा पहिलो रक्तदाता अर्जुन प्रसाद अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी शुरु गरीएको थियो ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: