News

पोखराका दुई स्थानमा बम फेला,(एकजना घाईते)

पोखराका दुई स्थानमा बम फेला,(एकजना घाईते)

पोखराका २ स्थानमा शंकास्पद बस्तु भेटिएका छन् । नदीपुर स्थित प्रदेशसभा भवन नजिकैको सडकमा कागजको डल्लोले बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो भने डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए

त्यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

Tags

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: