Home » News » International News » ट्वाईलेटमा क्यामेरा राख्ने अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी डिसेम्बरमा नेपाल फर्काइने : भिडियो

ट्वाईलेटमा क्यामेरा राख्ने अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी डिसेम्बरमा नेपाल फर्काइने : भिडियो

ट्वाईलेटमा क्यामेरा राख्ने अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी डिसेम्बरमा नेपाल फर्काइने : भिडियो

सिड्नी । अष्ट्रेलियको सरीहिल्सस्थित उलवर्थ सुपरमार्केटको शौचालयमा क्यामेरा राख्ने नेपाली विद्यार्थी विवेक गुरागाईंले आफुले गल्ती गरेको स्वीकार्दै पीडित सबैसमक्ष माफी मागेका छन् । उनले अदालतसमक्ष उक्त गतिविधीबाट पीडित सबैसमक्ष माफी मागेका हुन् ।

विवेकका तर्फबाट उनका वकिलले पीडितपक्ष र उलवर्थका लागि माफी पत्र लेखेका हुन् । पत्रमा उनले भनेका छन्, ‘मेरो कारणले सहकर्मी, परिवार, इष्टमित्र र साथीभाई सबै तनावमा हुनुहुन्छ । तर म अझै यो बुझ्ने प्रयास गरिरहेको छु कि मैले यस्तो कार्य किन गरें ?’

डिसेम्बरमा नेपाल फर्काइने

अरुको सहमतिबीना यौनिक गतिविधि क्यामेरामा कैद गरेको आरोपमा विवेकलाई १० महिनाको सजाय सुनाइएको छ । तोकिएको सजाय पुरा भएपछि विवेकलाई डिसेम्बरमा नेपाल फर्काइनेछ ।

उनले लेखेको क्षमा पत्रमा आफुले गल्ती गरेको र मौका पाएको अवस्थामा आउँदो दिनमा कहिलेपनि यस्तो कार्य नदोहोर्याउने उल्लेख गरेका छन् । तर कानुनविद्हरु भने उनलाई देशनिकाला गरिने निर्णय फिर्ता हुने संभावना निकै न्यून रहेको बताउँछन् ।

विवेकलाई हाल डिटेन्सन सेन्टरमा राखिएको छ । २३ वर्षिया विवेक युटिएसमा स्नातक तह इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत थिए ।

प्रहरीले विवेकको मोवाईल फोनबाट शौचालयमा खिचिएका २ सय ५० नग्न तस्विर फेला पारेको थियो ।

 

Check Also

इलाका प्रहरी कार्यालय हंसपुर डाँडाकोनाकमा घरेलु मदिरा नष्ट

इलाका प्रहरी कार्यालय हंसपुर डाँडाकोनाकमा घरेलु मदिरा नष्ट लेखनाथ, २९ असोज  इलाका प्रहरी कार्यालय डाँडाको …