LekhnathNepal NewsNepali News (नेपाली)News

डायमण्डमा पढाइ महोत्सव

डायमण्डमा पढाइ महोत्सव

सुमन जिसी
लेखनाथ, २ मंसिर ।
बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा यहि मंसिर १४ गते शुक्रबार विद्यालयको प्राङ्णमा पढाइ महोत्सव गर्ने जानकारी दिइएको छ । कक्षा नर्सरीबाट पाँच कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरु को पढाइमा अभिरुचि बढाउनुको साथै पढ्ने कलाको विकास गर्ने उद्द्ेश्यले पढाइ महोत्सव गर्न लागिएको बताइएको छ ।

नेपाली अनि अंग्रेजी दुबै विधामा विद्यार्थीको पढ्ने कलाको विकास गराउने महोत्सवको मुख्य उद्देश्य रहेको विद्यालयका प्राचार्य याम वहादुर रोकाले जानकारी गराएका छन् ।

स—साना बाबुनानीहरूको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्ने कुरामा जोड दिदै उक्त कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न गर्न विद्यालय परिवार लागि परेको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले एक कार्यक्रमको बिच जानकारी गराएका छन् ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: