Nepal NewsNepali News (नेपाली)News

सुनौलो विहानी नेपाललाई सहयोग

पुस २३, लेखनाथ । वौद्धिक अपाङ्गगता भएका बालबालिका लागि डे केयर सेवा सञ्चालन गरिरहेको सुनौलो बिहानि नेपाल संस्थालाई नेदरल्याण्ड तरुण दलले सहयोग प्रदान गरेको छ ।

सोमबार पोखरा–३० पावरहाउस स्थित संस्थाको कार्यलयमा एक कार्यक्रमका विच युवा समाजसेवी तथा नेपाल तरुण दल अन्र्तराष्ट्रिय समन्वय परिषदका युबा संयोजक गणेश थापाले सुनौलो विहानी नेपालका अध्यक्ष मिलन केसी लाई नगद रु १० हजार ५ रुपैंया हस्तान्तरण गरेका हुन ।

सहयोग रकम हस्तान्तरण गर्दै थापाले आगामी दिनहरुमा पनि यस किसिमको सहयोग निरन्तर रहिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सहयोगका लागि धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष केसीले वौद्धिक अपाङगता भएका वालवालिकाहरुका लागि अन्य संघ संस्थाहरुबाट सहयोगको अपेक्षा गरेको वताए ।

उक्त सहयोग कार्यक्रममा सुनौलो विहानी नेपालका संस्थापक प्रेम लिगल, राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भिमपाणी बराल लगायतको उपस्थीति रहेको थियो । यस अघि उक्त क्लवले करिव २२ हजार, सेभेन मिडिया नेटवर्कबाट आयोजित कन्सर्टबाट नगद रु २५ हजार सहयोग प्रदान गरिएको थियो ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: