Nepal NewsNepali News (नेपाली)News

गण्डकी विकास बैड्ढको वित्तिय साक्षरता

गण्डकी विकास बैड्ढको वित्तिय साक्षरता

आदर्श समाज

लेखनाथ, ७ असार ।

गण्डकी विकास बैक तालचोक शाखाले स्थापनाको तेस्रो वर्षीकोत्सवका अवसरमा लेखनाथका विभिन्न विद्यालय तथा टोलहरुमा चार दिने वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

नेपाल सरकारले अगाडी सारेको एक ब्यक्ति एक खाताको अभियान र बैकले अगाडी सारेका विभिन्न सेवाका बारेमा जानकारी दिने उदेस्यले लेखनाथ पब्लिक एकेडेमी, डायमण्ड मावि र शिद्धि विनायक बोडिङ स्कुलका शिक्षकहरुलाई वित्तिय साक्षरताका बारेमा जानकारी गराईएको हो ।

कार्यक्रममा कर्मचारी बचत खाता खोल्दा उपलब्ध हुने सेवाका बारेमा जानकारी गराउनुको साथै गण्डकी विकास वैकको एटिम प्रयोग गर्दा काठमाडौको ग्राण्डी ईन्टरनेसन हस्पिटमा ७.५ प्रतिशत र नेपाल मेडीसोटी हस्पिटल काठमाडौंमा ७ प्रतिशत छुटको ब्यवस्थाका वारेका जानकारी गराईएको थियो ।

यसैगरि वित्तिय साक्षरता अभियान अन्तरगत पोखरा २७ को गन्र्धब वस्तीमा एक दिने साक्षरता कक्षा संचालन गरि एक ब्यत्ति एक खाताका बारेमा जानकारी गराईएको गण्डकी विकास बैक तालचोक शाखाका साखा प्रमुख सन्तोष गुरुङले जानकारी दिएका छन् ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: