Nepal NewsNepali News (नेपाली)NewsSports

वेगनासताल किनारमा प्रथम “सेभेन ए साईड” वेगनास कप हुने

वेगनासताल किनारमा प्रथम सेभेन ए साईडवेगनास कप हुने

राजन परियार, पोखरा, ८ फागुन ।

फागुन १२ गते देखि वेगनासताल किनारमा सेभेन ए साईड फुटवल हुने भएको छ। वुधवार आयोजित पत्रकार सम्मेलनमा “शभ्यता र संस्कृतिका लागि खेलकुद” भन्ने उद्देश्यका साथ क्लवले पहिलो पटक फुटबल प्रतियोगिता गर्न लागेको जनाएको छ।

हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटवलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।

प्रथम सेभेन ए साईडवेगनास कप विजेता टोलिले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो हुने टोलिले रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन्। त्यसै गरि अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिता संचालन गर्नका लागि अनुमानित रु ८ लाख ५० हजार लाग्ने र करिब रु ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ। उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, वेगनासताल वस संचालक समिती, वेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, वेगनासताल मत्स्य व्यवसायी समिती तथा स्थानीयहरुको सहयोग रहेको जनाइएको छ।

वेगनासताल बाँध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिम सहभागी हुने अनुमान गरिएको क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन् ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: