Nepal NewsNepali News (नेपाली)News

आगलागी पिडित कृषक वास्तोलालाई सहयोग

आगलागी पिडित कृषक वास्तोलालाई सहयोग

पोखरा–१५ फागुन

पोखरा–१६ दीपका भैसींपालक कृषक गंगाधर वास्तोलालाई वडा कार्यालय पोखरा १६ र मदन भण्डारी फाउण्डेशन कास्कीले आर्थिक सहयोग गरेको छ ।

विगत १५ वर्षदेखि भैसींपालन मार्फत दुग्ध व्यवसाय गर्दै आईरहेका कृषक वास्तोलाको गत मंसिर १९ गते परालको टौवामा आगलागी हुदाँ ८ सय भारी पराल नष्ट भएको थियो । उक्त घटना पछि पिडित बनेका वास्तोलालाई उनकै भैसीं फार्ममा पुगी पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य र मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव वास्तोलाले २९ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभयो । वडा कार्यालयले १० हजार र फाउण्डेशनले १९ हजार सहयोग गरेको हो ।

रकम हस्तान्तरण पछि आयोजित कार्यक्रममा वडाध्यक्ष आचार्यले पिडा र विपत्तीको सामना गरेरै भएपनि व्यबसायलाई निरन्तरता दिन आग्रह गर्नुभयो । फाउण्डेशन कास्कीका अध्यक्ष वास्तोलाले पिडित कृषकलाई राज्य पक्षबाट पनि सहयोग दिलाउन आफुहरु लागिपर्ने बताउनुभयो ।दैनिक ३०देखि ४० लिटर दुध बेचेर आफ्नो जिर्विकोपार्जन गरेका कृषक वास्तोलाले सरकारी तवरबाट कुनै सहयोग नपाएको गुनासो गर्नुभयो ।

आगलागीबाट टौवा जल्दा करिव ६ लाख रुपैया बराबरको परालमा क्षति पुगेको थियो ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: