Nepal NewsNepali News (नेपाली)News

अपराध गर्नेहरु मेरो नजरबाट फुत्कने छैनन् ःप्रनानी खाँड

अपराध गर्नेहरु मेरो नजरबाट फुत्कने छैनन् ःप्रनानी खाँड

लेखनाथ,१५ कार्तीक ।

कास्कीको लेखनाथमा रहेको डाडाकोनाक प्रहरी चौकीमा सुरुवा भई आएका प्रहरी नायव निरिक्षक मोहनबहादुर खाँडले समाजको शान्ति सुरक्षामा खलबल पु¥याउने अपराधीक मनोवल भएको जो कोही पनि मेरो नजरबाट फुत्कन नपाउने बताएका छन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले नवरपरासिवाट डाडाकोनाक प्रहरीचौकीको जिम्वारी समाल्न आएका प्रहरी नायव निरिक्षक खाँडको सम्मानमा राखेको कार्यक्रममा बोल्दै अपराधी कोही कसैको नाता गोता वा नेताको आदेशमा नभई कानुनको दायरमा राखेर कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

एक पटक पोखरामा बसेर पनि काम गरिसकेकाले पोखरा आउदा आफुलाई थप जिम्मेवारी बनाएकोले यसलाई अवसर र चुनौतीको रुपमा लिएको कुरा बताउदै प्रहरी नायव निरिक्षक खााडले समाजमा ब्याप्त अपराधजन्य जुन सुकै घटनामा पनि स्थानियवासीको सहकार्य र समोन्वयमा शान्ति सुरक्षामा कुनै पनि कमि आउन नदिनेमा जोड दिएका थिए ।

सोही अवसरमा कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले समाजमा अशन्ति फैलाउने,जुवा तास देखि लागुऔषधका घटना आफु आए पछि केही हदसम्ममा नियन्त्रण भएकाले आगामी दिनमा यसलाई अझ बढि प्रभावकारी बनाउन जनता र प्रहरीको हातेमालोबाट मात्र सम्भव भएको धारणा राखेका थिए ।

लेखनाथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्दका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोला, वडा नं २९का वडाअध्यक्ष चेतवहादुर गुरुङ,वडा नं ३० का श्रीाराम पोखरेल,वडा नं ३२ का अकलवहादुर कार्की लगाएताले अपराध जन्य गतिविधीलाई जनता र प्रहरीको सहयोगमा नियन्त्रण होईन उन्मुलन नै गर्नु पर्ने सुझाव राखेका थिए ।

संस्थाका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष ज्ञानेन्द्र वजगाईले गरेका थिए ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: