LekhnathNepal NewsNepali News (नेपाली)News

लेखनाथ होटल टे«निङ सेन्टर छैटौं वर्षमा

लेखनाथ होटल टे«निङ सेन्टर छैटौं वर्षमा

सुमन जिसी
लेखनाथ, १९ मंसिर।
पोखरामहानगरपालिका–२७, तालचोकस्थित लेखनाथ होटल टे«निङ सेन्टरले छैटौं वर्ष अवसरमा शुभकामना आदानप्रदान गरेको छ । ६ वर्षदेखि सेन्टरले कुक,वेटर, बार, हाउस किपिङ, फ्रन्ट अफिस, बेकरी र गृहिणी कोर्षका साथै स्पेशल तन्दुरी कुक तथा विभिन्न भाषाका तालिम दिँदैआएको सञ्चालक दीपेन्द्र अधिकारीले जानकारी दिए ।


सेन्टरका सल्लाहाकार नारायण के.सी.ले शिप सिकेका ८० प्रतिशत विद्यार्थी रोजगारीमा लागेको जानकारी गराएका थिए भने प्रशिक्षक मोदीप्रसाद गुरुङले सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न आग्रह गरे। अर्का प्रशिक्षक सुव्बा गुरुङले होटल सम्बन्धी तालिमको स्वदेश तथा विदेशमा रोजगारीको राम्रोअवसर रहेको बताए।


कार्यक्रममा सेन्टरका बेलायतस्थित शाखाका प्रमुख सुरेश कन्दङ्वा, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, भाषा प्रशिक्षक विष्णुहरि पौडेल, प्रशिक्षार्र्थी सुमन जिसी, इराज पुन, मुकेश थापा, शम्भु कुमाल लगायतले सिकेका कुरा व्यबहारमा उतार्नु पर्नेमा जोड दिए। सेन्टरका व्यवस्थापक संगिता पन्थले स्वदेशमा सिकेको सीपबाट विदेशमा मात्र नभई आप्mनै देशमा पनि केही गर्न सकिने बताइन्। सेन्टरले आगामी दिनमा अझ लामो अवधिको तालिमसमेत सिकाउने लक्ष्य राखेको छ । कार्यक्रम सेन्टरका सञ्चालक दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: