Lekhnath KhabarLekhnath News (लेखनाथ)Nepali News (नेपाली)News

लेखनाथ जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

लेखनाथ जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

मंसिर १, लेखनाथ ।

लेखनाथ जेसीजले बिबिध कार्यक्रमका साथ यस वर्षको जेसीज सप्ताह २०१९ सम्पन्न गरेको छ ।

समापन कार्यक्रममा बोल्दै नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुषालले जेसीज यूवाहरुको संस्था भएकोले समाज परिवर्तन तथा समाजमा उदारणीय कार्य गर्नु पर्ने साथै नेपाल जेसीजको लेखनाथ जेसीजलाई सधै साथ र सहयोग रहिरहने विचार व्यक्त गरेका थिए ।

सोही अवसरमा वडा नं. २९ का वडा अध्यक्ष चेत वहादुर गुरुङ्ग, नेपाल जेसिजका पूर्व अध्यक्ष राजु के.सी., लेखनाथ जेसीजका पूर्व अध्यक्षहरुको तर्फबाट सुमन भट्टराई, लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगाएतले जेसीजले समाज रुपान्त्रणका लागि नेतृत्वदाई भुमिका निभाउदै आउनु पर्नेमा जोड दिएका थिए ।

समापन कार्यक्रममा सप्ताह व्यापी रुपमा संञ्चालन गरिएको बिभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र कार्यक्रम संयोजक तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

लेखनाथ जेसिजले “मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो” भन्दै कार्तिक २४ देखि ३० गते सम्म लेखनाथ जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गरेको थियो । जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २४ गते सचिवालय उद्घाटन तथा सप्ताह ब्यापी कार्यक्रमको शुभारम्भ कार्यक्रमको दोस्रो दिन पोखरा ३३ भरतपोखरीमा रहेको सरस्वती टिका माविका अति गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, सप्ताहको तेस्रो दिन पोखरा २७ को तालचोकमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता, चौथो दिन तालचोक देखि बेगनासतालसम्म स्वास्थ्यका लागि दौड प्रतियोगिता, पाचौ दिन पोखरा २६ को कालिकाचोकमा खुल्ला रक्तदान कार्यक्रम, छैटौ दिन पोखरा २९ भण्डारढीकमा रहेको जनप्रकाश माविमा अभिभाकत्व तालिम गरिएको थियो ।
सप्ताहको सातौं दिन लेखनाथ उद्योग बाणिज्य संघको सचिवालमा असल नेतृत्व र उत्प्रेरणा विषय तालिम सहित सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संयोजक सुजन न्यौपाने र कार्यक्रम संचालन महासचिव चिरञ्जीवि न्यौपानेले गरेका थिए ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: