EventsLekhnathNepali News (नेपाली)News

लेखनाथ महोत्सव सम्पन्न,४ लाख दर्शकद्धारा मेला अवलोकन,निशान बराल भए गण्डकी तारा

लेखनाथ, १६ पौष

कास्कीको लेखनाथमा १२ दिनसम्म चलेको १५ औं संस्करणको लेखनाथ महोत्सवले ऐतिहासिक लक्ष्यभन्दा बढि सफलता हासिल गरेको छ । महोत्सव लेखनाथको संस्कृति स्थानिय उत्पादन विकास र समृद्धि भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सोमवार भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले महोत्सवलाई सफल पार्न विभिन्न संघ संस्था र स्थानियको सहयोगले नै महोत्सव सफल भएको कुरामा जोड दिदै, महोत्सवले स्थानिय क्षेत्रमा उत्पादन भएका वस्तु र कृषि उपज एउटै थलोमा क्रेता र विक्रेताका विच जमघट गराउदै लगेको महोत्सव भव्य र सभ्यताका साथ सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिए ।

जिसीले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको हुदाँ यस्ता मेला र महोत्सवले आर्थिक चलायमान हुने र देश समुन्नत तिर अगाडी वढ्ने कुरामा जोड दिए ।

महोत्सव अवधि भर लक्ष्य अनुरुप भएको विगतका महोत्सव भन्दा अझ वढि दर्शकले महोत्सव अवलोकन गरेका र आगामी महोत्सव पनि अझ भव्य र सभ्य हुने र १५ औं संस्करणको लेखनाथ महोत्सव भव्य र सभ्य तरीकाले भएको महोत्सवका निर्देशक लक्ष्मी प्रसाद त्रिपाठीले ले जानकारीले दिए ।

महोत्सव अवधिभर ४ लाख दर्शकले महोत्सव अवलोकन गरेकोे प्रचारप्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार महोत्सवमा २० करोड रुपैयाँ बरावरको आर्थिक कारोवार महोत्सवका आर्थिक संयोजक एवं कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

तीन लाख दर्शक र १५ करोड वरावरको आर्थिक कारोबार हुने अनुमान आयोजकको थियो । महोत्सव अवधिभर सबैको साथ र सहयोगले सोचेभन्दा बढि सफलता हात पारेको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा र तिन सय ५० स्टलवाट उपभोक्ता देखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसगै उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत राखिएको गायन विधाको गण्डकी तारा प्रतियोगितामा पोखरा ३० का निशान बराल गण्डकी तारा २०७५ हुन सफल भएका छन् ।

द्वितीयमा पोखरा १० का राम गुरुङ, तृतीय पोखरा ५ का वसन्त थापा र सान्त्वना चितवनका खुसी परियार भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिएका छन् ।

रत्यौली गीत प्रतियोगितामा आवासनगर आमा समुह पोखरा २७ प्रथम भएको छ भने नमुना कृर्षक आमा समूूह पोखरा २६ द्वितीय, खराने ताजा तरकारी कृषक समूह पोखरा २७ तृतीय र अन्नपूर्ण आमा समूह पोखरा ३२ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो ।

यता महोत्सवमा राखिएको झाँकी ¥याली प्रदशनीमा तमु प्हेल्हु संघ स्याङ्जाली तमु समाज प्रथम, नेपाल मगर संघ सैनिकबस्ती ईकाइ समिति द्वितीय, नेपाल मगर संघ बुढिबजार ईकाइ समिति तृतीय र सिशुवा नेवाः खल सान्त्वना भएको छ ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: