Nepal NewsNepali News (नेपाली)News

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, आज सार्वजनिक विदा

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, आज सार्वजनिक विदा

काठमाडौ । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । हिँजो मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: