EventsLekhnathNepal News

१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिब्र

१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिब्र

मंसिर १९, पोखरा – ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र समृद्धि’ भन्ने नारासहित १५ औं लेखनाथ महोत्सव २०७५ हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा पुस ५ गते देखि १६ सम्म पोखरा को तालचोकमा महोत्सवको आयोजना हुने भएको छ ।
आज बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक गोपिचन्द्र बास्तोलाले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, उद्यमशिलता र प्रविधि हस्तान्तरण साथै आन्तरिक एंव बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्ने लागेको बताए ।
महोत्सवको आकर्षणमा कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी खुल्ला कविता प्रतियोगिता, लुकेको खोजी प्रतिभाको अभियान अन्र्तगत गायन विद्यामा गण्डकी तारा , ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती साथै युवाहरुलाई लक्षित गरि पप कन्सर्ट,विद्यालय स्तरिय नृत्य प्रतियोगिता र स्थानीय उत्पादन तथा कृषी प्रर्दशनी, फेन्सी, गार्मेन्ट्, डेरी आदि रहने आयोजकले जानकारी दिए ।
महोत्सवमा करिब ३५० स्टलहरु रहने छन् भने ९० लाख खर्च हुने अुनमान गरिएको महोत्सवमा ३ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ । खुल्ला कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार, तृतीयले ७ हजार, र सान्त्वना हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवमा प्रवेश गर्ने दर्शकले ६० रुपैयाँ र विद्यार्थीलाई परिचय पत्रको आधारमा ४० रुपैयाँको टिकट लाग्नेछ । साझँ कन्सर्टको लागि १०० रुपैयाँ टिकट शुल्क लाग्नेछ । यस्तै वृद्धा, अपाङ, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरणको कार्डको आधारमा निशुल्क प्रवेश सेवा उपलब्ध गराइएको छ ।
बचत रकम वाट प्रदर्शनी स्थलको स्थर उन्नती, शिक्षा, स्वास्थ, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: