Nepal NewsNepali News (नेपाली)

वृहत सरसफाई अभियानको २७ औं हप्ताको कार्यक्रम सम्पन्न

२७ औं हप्ताको बेगनासताल सफाई

लेखनाथ, भदौ २३ ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्येले बेगनास युवा क्लबले वृहत वेगनासताल सरसफाइ कार्यक्रम जारी राखेको छ । वृहत सरसफाई अभियानको २७ औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न भएको कार्यक्रममा ३१ वडा कार्यालय, वेगनासताल महिला समूह, जलेश्वर शिव मन्दिर व्यवस्थापन समिति, वेगनासताल वस व्यवसायी समिति, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियन, वेगनासताल टोल विकास संस्था, डाँडाको नाक प्रहरी कार्यालय,वेगनास वचत तथा ऋण सहकारी संस्था, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, पर्यटन मार्ग महिला समूह लगाएतका विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ड्याम साईड, नहरचोक वसपार्कसम्म सफाई सम्पन्न गरिएको क्लवका अध्यक्ष तथा अभियानका अभियन्ता राम रानाभाटले वताए। युवा क्लवले गरेको सफाई अभियान धेरै सफल भैसकेको र अभियान निरन्तर सन्चालन हुने क्लवका सचिव रोशन खनालले वताए ।


अझै पनि मानिसमा सचेतना नभएकोमा अध्यक्ष रानाभाटले गुनासो गरे । महानगरको सफाईको काम स्थानीय क्लवले गरेकोमा विभिन्न संघ संस्थाहरुले प्रशंसा समेत गरेका छन् ।

 

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: