४.५ करोडको लगानीमा अल्फंजो रिसोर्ट सञ्चालनमा आउने

४.५ करोडको लगानीमा अल्फंजो रिसोर्ट सञ्चालनमा आउने
राजन परियार
पोखरा , १७ असोज ।
पोखरा महानगरपालिका-१८ मा रहेको लेकसाइड खपौदीमा पहिलो पटक लाइभ म्युजिक सहित नयाँ रिसोर्ट निर्माण सम्पन्न भएको छ । पर्यटकीय राजधानी पोखराको उत्तर तर्फ फेवातालको काख खपौदीमा रिसोर्ट सञ्चालन गर्न लागिएको अल्फान्जो रिसोर्टका सञ्चालक सुबास भट्टराईले बताएका छन्।
५ रोपनीमा फैलिएको रिसोर्टको निर्माणको काम सम्पन्न भएर यहि आउँदो २४ गते देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए। रिसोर्ट भित्रै लाईभ म्युजिक सहित रेष्टुरेण्ट रहेको, जापानी शैलीका घर तथा कटेजहरू सहित लजिंग फुडिङको व्यबस्था भएको रिसोर्टमा पर्यटकले स्विमिङको आनन्द लिन सक्ने गरी स्विमिङ पुल निर्माण गरिएको छ भने पूल पार्टी तथा प्रत्येक १५ दिनमा इभेन्ट गर्ने साथै रिसर्टले प्याकेज सहितको व्यवस्था गर्ने भट्टराईले बताए।
होटेल म्यानेजमेन्ट पढ्न बिद्यार्थी भिसामा जापान गएका २२ वर्षिया सुबास भट्टराई ५ वर्ष जापानमा बसे। अब स्वदेशमा नै केहि गर्नुपर्छ र लगानी गर्नुपर्छ भन्ने सोच लिएर उनले आफ्नो बिषयसंग सम्बन्धित भएकाले रिसोर्ट खोल्ने उनको सपना पुरा भएको छ। रिसोर्टले मध्यम स्तरका आन्तरिक र वाहृय पर्यटकलाई लक्षित गरिएको भट्टराईले बताए ।