Nepal NewsNepali News (नेपाली)Sports

एन्फा बाङलुङ्गलाई हराउदै जाउलाखेल युथ क्लव रिद्धिसिद्धि २४ औ आदर्श कपको सेमिफाइनलमा

एन्फा बाङलुङ्गलाई हराउदै जाउलाखेल युथ क्लव रिद्धिसिद्धि २४ औ आदर्श कपको सेमिफाइनलमा

सुमन जिसी
लेखनाथ २३, भदौं ।
काठमाण्डौंको जाउलाखेल युथ क्लव लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रबेश गरेको छ ।


शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा जाउलाखेलले एन्फा बाग्लुङलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १४ औं मिनेटमा जाउलाखेल युथ क्लवका खेलाडी निरवहादुर आले मगरले किपर सुनील थापालाई डि एरीया भित्र विट गरेको वल पोष्ट चार्ज गर्दा एन्फा वागलुङ्गका खेलाडी आशिष गुरुङ्गले वचाउने क्रममा गोल लाईन वाट आफ्नै पोष्टमा गोल उपहार दिएर खेलको शुरुवाती अग्रता जाउलाखेल युथ क्लवलाई दिएका थिए ।

जाउलाखेलको जितमा म्यान अफ दी म्याच घोषित निर बहादुर आले मगर र सुमन डंगोलले एक एक गोलको योगदान दिए । डंगोलले ८० औैं मिनेटमा गोल गरेका हुन । बागलुङका स्थानिय खेलाडीको टोलीले लिगको तयारीमा रहेको जाउलाखेल बिरुद्ध मैदानमा बाजी मार्न कठिन भयो । जाउलाखेलले दोश्रो सेमिफाईनल खेलमा एन्फा स्याङजा संग प्रतिष्प्रर्धा गर्नेछ ।

बागलुङका प्रशिक्षक भिम वोहराले आफुहरुसंग स्थानीय खेलाडी भएकोले अनुभवी खेलाडी बिरुद्ध आफुहरुले सन्तोषजनक खेल प्रर्दशन गरेको जनाए ।

जाउलाखेलका प्रशिक्षक नरेश थापाले आफुहरुका खेलाडीहरुले पाएका धेरै अवसर खेर जाँदा गोल अन्तर फराकिलो पार्ने अवसर गुमेको बताए । लिगमा सहभागि हुने करिब ५० प्रतिशत जसो खेलाडीहरु आफ्नो टिममा भएकोले जित सहज भएको उनले दाबी गरे ।

आईतबार देखि सेमिफाईनलका खेलहरु सुरु हुने भएको आदर्श क्लबले जनाएको छ । पहिलो सेमीफाइनलमा आयोजक आर्दश क्लवले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफको सामना गर्नेछ ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: