Nepal NewsNepali News (नेपाली)

वेगनासतालमा खुल्ला रक्तदान ३८ युनिट रगत संकलन

वेगनासतालमा खुल्ला रक्तदान ३८ युनिट रगत संकलन

लेखनाथ, १९ भदौ ।
पोखरा ३१ वेगनासताल वसपार्कमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा ३१ नेपाल रेडक्रस सोसाइटि उपशाखा, वेगनास युवा क्लब, होटल तथा रेष्टुरेण्ट एशोसियसन को संयुक्त आयोजना र बेगनास ड्यामसाइड युवा क्लब, पर्यटनमार्ग टोल विकास संस्था, बेगनासताल महिला समूहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ३८ युनिट रगत जम्मा भएको छ ।

उपशाखाका सभापति रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल रेडक्रस सोसाइटि कास्की शाखाका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता अमृत अधिकारीलार्इ व्लड व्याग हस्तान्तरण गर्दै रगतको महत्वको वारेमा चर्चा गरेका थिए ।

पोखरा महानगरपालिका वोर्ड सदस्य चतुरे विक, वडा नं.३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, उपशाखाका सल्लाहकार एवम् सिड फाउण्डेसनका अध्यक्ष धु्रवनाथ अधिकारी, वेगनासताल वस व्यवसायि समितिका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, अम्मर सिद्ध नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष दामोदर भक्त थापा, कुर्लुङ्ग खोला खानेपानी आयोजनाका अध्यक्ष दिननाथ ढकाल, पचभैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वेदनाथ ओझा, वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभााट लगाएतले शुभकामना मन्तव्य राखेका थिए । होटल तथा रेष्टुरेण्ट एशोसियनका अध्यक्ष कृष्ण तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको सन्चालन रेडक्रस उपशाखाका सचिव सन्तोष अधिकारीले गरेका थिए ।

Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: