Nepal NewsNepali News (नेपाली)Sports

रिद्धिसिद्धि सिमेन्ट २४ औ आदर्श कप जारी

रिद्धिसिद्धि सिमेन्ट २४ औ आदर्श कप जारी

सुमन जिसी
लेखनाथ , २१ भदौ ।
रिद्धिसिद्धि सिमेन्ट २४ औ आदर्श कप सस्करणको जारी दोश्रो दिनको खेलमा पोखरा ११ र एन्फा स्याङजा विच भएको खेलमा ३–० ले एन्फा स्याङगजा विजयी भएको छ ।


एन्फा स्याङगजाले शुन्यका विरुद्ध ३ गोलको अन्तरले विजयी गरेको हो । निकै नै प्रतिस्पर्धिा रहेको खेलमा पहिलो हाफको १९ औ मिनेटमा पोखरा ११ का लक्ष्मण जि.सी.को आत्माघाती गोलको मद्धतमा एन्फा स्याङगजाले खेलका सुरुवाती अग्रता लिएको थियो ।


खेलको ३३ औ मिनेटमा एन्फा स्याङगजाका विदेशी खेलाडी भिक्टरलाई डि एरीया वाहिर लडाउदा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै स्याङजाका खेलाडी लक्ष्मण लुचालले खेललाई २ शुन्यले अग्रता लिएको थियो । एन्फा स्याङगजाका खेलाडी लक्ष्मण लुचालले खेलको ४५ औं मिनेटमा व्यक्तिगत फ्रि किक मार्फत दोश्रो गोल गर्दै एन्फा स्याङगजालाई विजयीको सुनिश्चित गरेका थिए । पोखरा ११ का अन्जन देवकोटाले एन्फा स्याङगजाका खेलाडीलाई डि एरीया वाहिर लडाउदा पाएको फ्रि किकलाई गोलमा परिणत गरेका थिए ।


खेलको म्यान अफ दि म्याच एन्फा स्याङगजाका खेलाडी लक्ष्मण लुचालले प्राप्त गरेका थिए । भने शुुक्रवारको खेल एपीएफ काठमान्डौ र व्रिगेड ब्याईज काठमान्डौ विच खेल हुने आयोजकले जनाएको छ ।

फुटबल खेलको विकासका लागि क्लबले खेल मैदानको स्तर उन्नती गर्दै ए डिभिजन लगाएत उत्कृष्ट क्लवका विच प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागीता रहने छ । जसमा पोखरा ११,एन्फा बाग्लुङ,एन्फा तनहुँ,एन्फा स्याङजा,सशस्त्र एपिएफ क्लव काठमाडौं,विग्रेड ब्वोईज क्लव काठमाडौं र जाउलाखेल युथ क्लव काठमाडौं रहेका छन् ।

प्रतियोगिताका विजयी समुहले तीन लाख सिल्ड,मेडल र प्रमाण पत्र,उप विजेताले रु दुई लाख सिल्ड मेडेल र प्रमाण पत्र लगाएत उत्कृष्ठ खेलाडी,उच्च गोलकर्ता,उत्कृष्ठ गोलरक्षक लगाएतका विधामा पुरस्कृत गरिने भएको छ । प्रतियोगिता बुधवार देखि सुरु भई भदौं २७ गते सम्म चल्ने छ ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: